दफा
अध्यक्षको सेवा, शर्त तथा सुविधा संबन्धी व्यवस्था
(१) विमा व्यवसायमा विशेष ज्ञान भएको कुनै व्यक्तिलाई नेपाल सरकारले अध्यक्षको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ । (२) अध्यक्ष समितिको मुख्य प्रशासकीय अधिकारी हुनेछ र समितिका निर्णयहरु कार्यान्वयन गर्ने तथा समितिको काम कारवाहीको रेखदेख तथा नियन्त्रण गर्ने सम्पूर्ण अधिकार तथा कर्तव्य अध्यक्षको हुनेछ । (३) अध्यक्षको पदावधि चार वर्षको हुनेछ र निजलाई पुन नियुक्त गर्न वा तोक्न  सकिनेछ । (४) अध्यक्षको सेवा, शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।